राजनीति
काठमाडौं । समाजवादी मोर्चा घोषणा कार्यक्रमको समय सारिएको छ ।
आज दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तय थियो । त्यो कार्यक्रम आजै अपराह्न ४ बजेका लागि सारिएको जनाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् । मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।
आइतबार बिहान बालुवाटारमा बसेको ती दलका नेताहरूको बैठकले आज मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १०:५७
प्रतिक्रिया दिनुहोस्