खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालका गुल्सन झाले दोस्रो विकेट लिएका छन् ।
जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको २४औँ ओभरमा गुल्सनले नेपाललाई सफलता दिलाए । उनले २४औँ ओभरको दोस्रो बलमा जिम्बाब्वेका वेस्ली मधेभेरेलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । मधेभेरेले ३२ रन बनाए ।
जिम्बाब्वेले अहिले २३.२ ओभरको समाप्तिमा दुई विकेट गुमाएर २७ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९० रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १८:२५
प्रतिक्रिया दिनुहोस्