site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सांसद परियार
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक रूपमा संघीयताका बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे । केन्द्रले स्थानीय तहको अधिकार मिचेर सःसर्त अनुदान दिइएको उनले उल्लेख गरे ।

उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए । “आर्थिक रूपमा संघीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन । जस्तो, सःसर्त अनुदानको कुरा छ, त्यो भनेको के हो ? त्यो भनेको केन्द्र हाबी भएको हो,” उनले भने, “केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । संघीयता व्यवस्थाविरुद्ध जसरी अहिले यो आवाज उठेको छ, संघीयता खर्चालु भयोजस्तो गरेर । यो मिथ्या कुरा गरेर संघीयतामाथि आरोप लगाइएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro