site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान रोहित ३१ रनमा आउट
फाइल तस्बिर।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।

हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा रोहित ३१ रन बनाएर आउट भए । रोहितले २९ बलमा पाँच चौका प्रहार गरे ।

Dabur Nepal
NIC Asia

नेपालले अहिले ४४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर २४८ रन बनाएको छ । हाल क्रिजमा रहेका कुशल मल्ल ३५ र आरिफ शेख एक रनमा खेलिरहेका छन् ।

त्यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई ९९ र आसिफ शेखलाई ६६ रनमा गुमाएको थियो ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro