site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाको घोषणा सोमबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।

मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।

“समाजवादी मोर्चा भोलि राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने निर्णय भएको छ,” उनले बाह्रखरीसँग भने, “मोर्चामा चार दल रहनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro