site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा बिष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि शनिबार जितेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१, ७–६ को सेटमा पराजित गरे । प्रणव खनाल दोस्रो र आर्यन गिरी तेस्रो भए ।

Dabur Nepal
NIC Asia

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा महिलातर्फ उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३, ६–२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेस्रो बने । पुरुष/महिला सिंगल्सका विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले १२ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई ७–५, ६–४ को सेटमा हराए।  सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार नगद पुरस्कार पाए । तेस्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०–१० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशि १४ लाख ८५ हजार रुपैयाँ थियो । जेठ २७ गतेदेखि सुरु प्रतियोगितामा २६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro