site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसले बेलारूस पठायो आणविक हतियार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारहरूको पहिलो समूह बेलारूस पठाएको द हिलले उल्लेख गरेको छ ।

सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन् ।

Dabur Nepal
NIC Asia

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रूसले यो योजना अगाडि बढाएको बताइएको छ ।

बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले ‘रूसबाट बम र मिसाइलहरू’को पहिलो भाग प्राप्त गरेको बताएका छन् ।

लुकाशेन्कोले रूसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्, “हामीसँग क्षेप्यास्त्र र बमहरू छन्, जुन हामीले रूसबाट प्राप्त गरेका छौँ । बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीनगुणा बढी शक्तिशाली छन् ।”

हतियारको आगमन युक्रेनी सेनाले रूसविरुद्ध ठूलो मात्रामा काउन्टर–अपरेसन सुरु गरेको एक हप्तापछि आएको हो । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro