site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुसुन्तीमा एमजीले सञ्चालनमा ल्यायो अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । विश्व चर्चित अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्सले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । 

नेपाली ग्राहकहरूको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरूलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

३२ हजार ८५६ वर्ग फिट (६ रोपनी) को क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन् ।

यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू, फराकिला वेटिंग लाउन्जहरू, कस्टमर सर्भिस डेस्कहरू, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू, पर्याप्त स्टोरेज स्थानहरू, प्रशासनिक अफिसहरू र अन्य विभिन्न सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ललितपुरको कुसुन्तीमा अवस्थित यस नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेको कम्पनीको भनाइ छ ।

एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न र ग्राहकहरुलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्याल भने, “हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धताअन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro