अर्थ व्यवसाय
काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले अस्पताल भवन निर्माण कार्यका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालालाई चेक हस्तारण गरेका हुन् ।
बाल अस्पताल निर्माण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरूले शुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १९:१६
प्रतिक्रिया दिनुहोस्