site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियुक्तिबाटै भ्रष्टाचार सुरु हुन्छ भन्नु भएको छ, यो तपाईंको नियुक्तपूर्व नै थियो ? 

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ सुरु भएको छ । उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन् । 

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो, २८ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी छ, यसलाई कसरी समाधान गरेर अघि बढ्ने, तपाईंको के सोच छ ? ८ महिनामा कामु हुँदा के–के गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । जिल्ला अदालतको खाका उच्चमा लागु गर्दा के हुन्छ ?, राष्ट्रको महत्वपूर्ण आयोजनाहरूमा मुद्दा पर्छ र स्टेट हुन्छ, यो समस्यालाई कसरी समाधान गर्ने ? उनले जिज्ञासा राखे । 

समितिका अर्का सदस्य डीपी अर्यालले नियुक्तिबाटै भ्रष्टाचार सुरू हुन्छ भन्ने तपाईंले लेख्नुभएको छ, यो तपाईंको नियुक्तपूर्व थियो कि तपाईं पछाडि सुरू भएको हो ? प्रश्न गरे । 

न्यायाधीशहरूका नियुक्ति गलत हो भनेर संसदीय सुनुवाइ प्रकृयामा प्रश्न उठाउनु भएको छ, यो प्रकृया संविधानबाट हटाउजु पर्छ भन्ने बुझाइ तपाईंको हो ? उनको अर्को प्रश्न थियो । 

समिति सदस्य जर्नादन शर्माले सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुःख पाउँछन् । यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न ? कतिपय निर्णय सरकारको पक्षमा पनि हुनुपर्ने हुन्छ, तर प्रायः किन यस्तो हुँदैन ? भन्दै प्रश्न गरेका छन् । 
गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ ? न्याय सम्पादनमा यसका लागि फरक ढंगबाट के गर्न सकिन्छ ? भन्ने प्रश्न कार्कीलाई सोधेका छन् । 

समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो ।  यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

उनैले अर्को प्रश्न गरेका छन्– जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?

कार्कीलाई समिति सदस्य पदम गिरीले न्याय क्षेत्रको सबै समस्या थाहा छ । उच्चस्तरीय न्यायलय समिति तपाईंको नेतृत्वमा बन्यो । तपाईं कामु हुँदा ८ महिनामा  समितिको सुझावमा कति कायम गर्नुभयो ? प्रधानन्यायाधीश बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ? भन्दै प्रश्न गरेका छन् । 

समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज  समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ ।  

सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । 

बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro