site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फ्रि भिसा, फ्रि टिकट’ खारेज गर्न सांसदको लविइङ
SkywellSkywell

काठमाडौं । सरकारले लामो समयदेखि कार्यान्वयनमा ल्याएको ‘फ्रि भिसा फ्रि टिकट’ प्रणाली खारेज गर्न संसदीय समितिमार्फत् सांसदहरूले नै लविइङ थालेका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा ‘फ्रि भिसा, फ्रि टिकट’ खारेज गर्न माग गर्दै सरकारले प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

म्यानपावर व्यवसायमा समेत संलग्न सांसदहरूले यस्तो धारणा अघि सारेपछि अन्य सांसदहरूले पनि साथ दिएका छन् ।

KFC Island Ad
NIC Asia

नेकपा (एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले ‘फ्रि भिसा, फ्रि टिकट’ भन्ने निर्णय व्यवहारिक नभएको बताए ।

उनले नेपालले कामदार पठाउने देशसँग टिकट दिनुपर्छ भनेर श्रम स्वीकृती नगरेर ‘फ्रि भिसा, फ्रि टिकट’को निर्णय गरेको कारण व्यवहारिक नभएको बताए ।

Royal Enfield Island Ad

“हामीले सम्बन्धित देशसँग श्रम स्वीकृति गरेनौं । टिकट दिनुपर्छ भनेर श्रम सम्झौता नगरेर फ्रि भिसा, फ्रि टिकट दिने निर्णय भयो । त्यसकारण यो निर्णय व्यवहारिक छैन,” साँवाले भने ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले पनि ‘फ्रि भिसा, फ्रि टिकट’ दिने निर्णय कामदार पठाउने देशले भन्दा पनि लैजाने देशले गर्नुपर्ने बताए ।

“बाहिर हेर्दा जनता र कामदारलाई सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ भनेको छ । तर, अहिले कम्तीमा २/३ लाख नतिरेर वैदेशिक रोजगारमा जान पाउने अवस्था छैन,” किसानले भने ।

उनले नीतिमात्र बनाएर नहुने भन्दै त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । कार्यान्वयन गर्न नसक्ने भए त्यसलाई खारेजी गर्नुपर्ने उनको धारणा छ ।

सांसद् सूर्यमान तामाङले फ्रि भिसा फ्रि टिकट कानुनमा मात्र सीमित भएको बताए ।

“वैदेशिक रोजगारको सवालमा भन्ने बेलामा ‘फ्रि भिसा फ्रि टिकटको कुरा भयो । तर ‘कानुनी रूपमा जेजस्तो लेखेको भएपनि यो मान्य हुने छैन’ भएको जस्तै भयो,” उनले भने ।

यस्तै, नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले पनि  ‘फ्रि भिसा, फ्रि टिकट’ नारामा मात्र सीमित भएको भन्दै यसलाई बन्द गर्दा के हुन्छ ? भन्दै प्रश्न गरिन् ।

वैदेशिक रोजगारमा ‘फ्रि भिसा फ्रि टिकट’ बढी नारामा मात्र सीमित छ । एकातर्फ हामीले विदेशमा दक्ष नागरिक नपठाउ, नेपालमै रोजगारको दिउँ भन्ने कुरा गछौँ । अनि फेरि अर्काेतर्फ ‘फ्रि भिसा, फ्रि टिकट भन्छौँ । फ्रि भिसा टिकट दिन बन्द गर्दा के हुन्छ ?,” उनले भनिन्, “नेपाल मै उद्योग स्थापना गरौं । दक्ष नागरिकले यही रोजगार पाउछन् ।”

यस्तै, नेकपा (एमाले)का सांसद अमृतादेवी अग्रहरीले पैसा तिरेर पनि करोडौँ नेपाली बाहिर गइरहेको स्मरण गर्दै ‘फ्रि भिसा फ्रि टिकट’ भएमा नेपाल वृद्धवृद्धामात्र बस्ने बताइन् ।

“फ्रि भिसा फ्रि टिकट नहुँदा देशको अवस्था यस्तो विकराल छ । अहिले पनि करोडौँको संख्यामा नेपालीहरू बाहिर छन्,” उनले भनिन्, “जुन दिन हामीले फ्रि भिसाको टिकटमा पठाउन थाल्छौँ । त्यसपछि नेपालमा वृद्धवृद्धामात्र बाहेक कोही नबस्ने अवस्था हुन्छ । त्यसकारण यो गम्भीर विषय हो ।”

नेपाली कांग्रेसका सांसद सीता मिजारले पनि सम्बन्धित सरोकारवाला निकायको राय सुझाव लिनुपर्ने बताइन् ।

सांसद मिजारले अहिले कुनै कम्पनीले ‘फ्रि भिसा’मा पठाइरहेको वा नपठाएको भन्दै यस विषयमा गम्भीर हुनुपर्ने बताइन् ।

उनले अहिले फ्रि भिसा, फ्रि टिकटमा पठाउने/नपठाउने कम्पनीको डाटा संकलन गर्नुपर्ने बताइन् । अहिलेको अवस्थामा व्यवहारिक नभएको खण्डमा फिर्ता लिनुपर्ने धारणा राखिन् ।

“अहिले ‘फ्रि भिसा फ्रि टिकट’मा लैजाने/नलैजाने कम्पनीको  डाटा खोज्नुपर्ने बताइन् ।

“अहिले कति फ्रि भिसा, फ्रि टिकटमा कति कम्पनीले वैदेशिक रोजगारमा पठाइरहेका छन् । कतिले पठाइरहेका छैनन् । यस्तो किन भइरहेको छ । सबैको डाटा हामीले खोज्नु पर्‍योे,” उनले भनिन् ।

‘फ्रि भिसा फ्रि टिकट’ दिने र नदिने कम्पनीलाई के गर्ने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताइन् ।

“‘फ्रि भिसा, फ्रि टिकट’ दिने कम्पनीलाई राज्यले नै केही व्यवस्था गर्ने हो की, कार्यान्वयन नगर्नेलाई के गर्ने ? त्यो विषयमा सरकारको धारणा स्पष्ट हुने पर्‍यो । यदि यो निर्णय व्यवहारिक छैन भने हामीले फिर्ता लिने होकी ?, उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro