site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उजुरीकर्ताले बहिष्कार गरे संसदीय सुनुवाइ समिति
SkywellSkywell

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले संसदीय समितिको वैधानिकतामा प्रश्न उठाउँदै समिति बहिष्कार गरेका छन् ।

संसदीय सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरूलाई उजुरीबारे प्रस्टीकरणका लागि समितिमा बोलाएको थियो । एक–एक गरी समिति बैठकमा गएर आफ्नो उजुरीबारे स्पष्ट पार्ने कार्यतालिका समितिले बनाएको थियो । तर, उजुरीकर्ताले त्यसलाई अस्वीकार गर्दै समितिको वैधानिकतमा प्रश्न उठाएका थिए ।

KFC Island Ad
NIC Asia

संसद्को संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएकाले समिति नै वैधानिक नभएको उनीहरूको दाबी छ । सुरुमा उनीहरूले सामूहिक रूपमा प्रवेश पाउनुपर्ने माग राखेर बैठक कक्षको ढोकाबाहिरैबाट विरोध गरेका थिए ।

पछि उजुरीकर्ताकोतर्फबाट तीनजनाले बोल्ने सहमति भएपछि उनीहरूलाई बैठक कक्षमा प्रवेश गर्न दिइएको थियो ।

Royal Enfield Island Ad

तर, बैठक कक्षमा उजुरीकर्ताहरूले समितिको वैधानिकता नै नरहेकाले सुनुवाइ गर्न नपाउने अडान लिए ।

समितिको तर्फबाट संविधानले संघीय संसद्को विशेषाधिकारको व्यवस्था गरेको बताइएको थियो । तर, उजुरीकर्ताहरूले समिति नै बहिष्कार गरेर बाहिरिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro