site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशको नीति तथा कार्यक्रम आज
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सरकारले आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । प्रदेशसभा सचिवालयले भने सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

यही जेठ २४ गते नै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको थियो । तर, माओवादीले समर्थन फिर्ता लिएकाले त्यो कार्य रोकिएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro