site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रधानमन्त्री मोदीको राजकीय भ्रमण महत्वपूर्ण हुनेछ’

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी महिना हुने अमेरिकाको राजकीय भ्रमणले संयुक्त राज्य अमेरिका र भारतका जनताबीचको मैत्रीलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् ।

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भाबी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।

“हामी एकअर्कामा विश्वास गछौँ, हाम्रा साझा मूल्य–मान्यता छन्,  यो राजकीय भ्रमणले दुवै देशका साझा मूल्यप्रतिको समान धारणा प्रष्ट हुन्छ, एक अर्ब ८० करोड जनसङ्ख्या भएका लोकतान्त्रिक देश अमेरिका र भारत  आपसी सहयोग बढाउँदै विश्वका निम्ति पनि केही गर्न चाहन्छन्,” परिषद्का अध्यक्षसमेत रहेका उनले भने ।

आगामी असार ६ गते हुने भारतका प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा अमेरिका–भारत उद्योग वाणिज्य संघको वार्षिक बैठकको सिलसिलामा परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत  तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

चारदिने अमेरिका भ्रमाणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको त्यस्तो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुन् ।

उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि हुने भएका छन् । भारतीय अमेरिकीहरू प्रधानमन्त्री मोदीको स्वागत गर्ने तयारीमा छन् भने अमेरिका सरकारले पनि तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । रासस/एएनआई

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro