site stats
बाह्रखरी :: Baahrakhari
देश
कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने ३७ वर्षीय विजय पुलामी मगर रहेका छन् ।

Argakhachi Cement Island Ad

मगरले बीरबहादुर गुरुङसमेत १३ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै पटकपटक गरी सात लाख ७५ हजार २०० रुपैयाँ रकम लिई ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्