अर्थ व्यवसाय

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रिमियम मूल्यमा नियमअनुसार कर लगाएको बताएका छन् ।
महतले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गरेका संस्थाले बोनस सेयर दिएमा कर लाग्ने बताए । मंसिरसम्म कर तिरेमा ब्याज र जरिवाना छुट हुने उनको भनाइ छ ।
यसमा बैंक र अर्थ मन्त्रालयबीच विवाद देखिएको छ ।
यस्तै, मन्त्री महतले सेयर बजारमा थप कर नलगाएको र यो विषयमा मन्त्रालयले यसअगाडि नै प्रष्ट पारेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्