site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छोरा वा छोरी जन्मिनुमा जिम्मेवार तत्त्व

काठमाडौं । महिला र पुरुषबीचको संसर्गपछि गर्भको विकास हुने प्रक्रिया सुरु हुन्छ । तर, संसर्ग हुँदैमा गर्भ रहँदैन । महिलाको डिम्बाशयबाट हरेक महिना निस्कने डिम्ब र पुरुषको अन्डकोषबाट निस्कने शुक्रकीटको मिलन भएपछि मात्र गर्भ रहन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार महिला–पुरुषबीच सहवासका क्रममा निस्कने शुक्रकीट र डिम्बको मिलन डिम्बबाहिनी नलीमा हुन्छ । त्यसपछि मात्र महिलाको पाठेघरभित्र बच्चा बढ्दै जान्छ । अनि, नौ महिना पुगेपछि जन्मिन्छ ।

Dabur Nepal
NIC Asia

केन्द्रका अनुसार पुरुषको शुक्रकीटमा छोरा वा छोरी गराउने दुई फरक किसिमका तत्त्व (xy) पाइन्छ । महिलाको डिम्बमा एकै किसिमका (xx) तत्त्व हुन्छ । सोही कारण पुरुषको शुक्रकीटले छोरा वा छोरी जन्माउन निर्णायक भूमिका खेल्छ ।

पुरुषबाट निस्केको xy मध्ये y महिलाको xx मध्ये कुनै एकमा गएर मिलेमा xy हुन्छ र जन्मने बच्चा छोरा हुन्छ । यदि, पुरुषको xy मध्ये x ले महिलाको xx मध्ये कुनै एकमा मिलेको खण्डमा xx हुन्छ र जन्मने बच्चा छोरी हुन्छ ।

किशोरावस्थामा पुरुषको अन्डकोषमा शुक्रकीटहरू बन्न थाल्छन् । महिलाको महिनावारी सुरु भएदेखि बन्द नभएसम्म (साधारणतया १५–४९ वर्षसम्म) डिम्बाशयबाट हरेक महिना एउटा डिम्ब निस्कन्छ । डिम्ब निस्केको समयमा सम्भोग भएमा शुक्रकीट र डिम्बको मिलन भई गर्भधारण हुने केन्द्रले जनाएको छ ।

यदि, कुनै उपायले पुरुषको शुक्रकीट महिलाको पाठेघरमा गएर डिम्बसँग मिल्नबाट रोकेमा गर्भ रहँदैन । गर्भनिरोधक साधनहरूले यसैगरी गर्भ रहन दिँदैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro