site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेमा उमेरहद हटाइएको विषयमा बोल्न चाहेनन् ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन् । 

उमेरहद हटाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एमालेभित्रै पनि कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । 

तर, आइतबार एमाले अध्यक्ष ओलीले उमेरहद हटाइएको विषयमा प्रतिक्रिया जनाउन मानेनन् । 

आइतबार काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेका ओलीलाई उमेदरहद हटाइएकोबारे पत्रकारले प्रश्न गरेका थिए ।

तर, उनले जवाफ दिन चाहेनन् ।

त्यसक्रममा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके मात्र भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका थिए ।

अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै उनले जीवन्त गतिशील मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro