काठमाडौं । नेकपा (एमाले)ले पार्टी विधानमा भएको ७० वर्षे प्रावधानलाई हाललाई निलम्बन गर्ने निर्णय गरेको छ ।
हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समावेश गरेर जारी भएको अन्तर पार्टी निर्देशनमा उक्त प्रावधान हटाइएको उल्लेख छ ।
“पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हाललाई निलम्बन गर्ने,” अपानिमा भनिएको छ ।
नेता मुकुन्द न्यौपानेलाई पार्टी केन्द्रीय कमिटीमा ल्याउन उक्त निर्णय गरिएको एक पदाधिकारी बताउँछन् ।
सचिवालय बैठकमा मुकुन्द न्यौपानेको हकमा उठेको हो । उहाँ ७० वर्ष नाघ्नुभएको छ । उहाँलाई एकता प्रक्रियाबाट ल्यायौँ । कमिटीमा राख्नुपर्ने भएकाले बाधा अड्काउ फुकाउ गरिएको हो,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “यसलाई विधानमा महाधिवेशनमा लैजाने निर्णय भएको छ ।
एमालेमा गएको विधान महाधिवेशनले ७० वर्षे प्रावधान राखेको थियो ।