साहित्य

काठमाडौं । साहित्यकार गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित ‘शब्दबिम्बमा सत्यमोहन’ एक कार्यक्रमबीच अग्रज पत्रकार तथा लेखक भैरव रिसालले सार्वजनिक गरेका छन् ।
सो कृति वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीमाथि विभिन्न व्यक्तिहरूद्वारा लेखिएको लेख–रचनाहरूको सँगालो हो ।
पत्रकार रिसालले वाङ्मय शताब्दीपुरुष जोशीमाथि महत्त्वपूर्ण किताब आएको बताउँदै उनका बारेमा अझै धेरै कुरा आउन बाँकी रहेको उल्लेख गरे ।
सो अवसरमा प्रा.डा. ज्ञानु पाण्डे, श्रीओम श्रेष्ठ रोदन तथा प्रा. डा. लेखप्रसाद निरौलाले जोशीको कृतित्व र व्यक्तित्वबारे चर्चा गरे ।
कार्यक्रममा जोशीपुत्र अणुराजजोशी, पुस्तकका सम्पादक ढुंगाना र भुँडीपुराण प्रकाशनका केशव पराजुलीले बोलेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० २०:०४
प्रतिक्रिया दिनुहोस्