site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली भूमिको रक्षाका लागि जस्तोसुकै त्याग र बलिदान दिन तयार छौँ : कमल थापा
Tiktok banner adTiktok banner ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरूले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकतासम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनाउनुपर्ने बताए ।

उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट वञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरी यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए ।

त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको भूमि सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले आफ्नो भूमिको रक्षाका लागि जस्तोसुकै त्याग र बलिदान दिन तयार रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro