site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नवप्रवेशी खुमलटार ‘बी’ डिभिजन लिगमा झर्‍यो  

काठमाडौं । यसै सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको फुटबल क्लब खुमलटार पुनः दोस्रो डिभिजन लिगमा झरेको छ ।

‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा ‘डेब्यु’ सिजनमै लिग च्याम्पियन बनेको अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबसँग २–० ले पराजित भएपछि खुमलटार शीर्ष डिभिजन लिगबाट रेलिगेट भएको हो ।

Dabur Nepal
NIC Asia

सातदोबाटोस्थित एन्फा मुख्यालयमा तनावग्रस्त बनेको खेलमा चर्च ब्वाइज युनाइटेडलाई जित दिलाउन सुनिल साह र जोसेफ बेम्पाले गोल गरे । २१औँ मिनेटमा सुनिलले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको इन्जुरी समयसम्म चर्च ब्वाइजले १–० को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा रेफ्रीले पेनाल्टी नदिएको भन्दै प्रज्वल क्षेत्रीमाथि खुमलटारका अफिसियलले मुक्का प्रहार गरेपछि खेल करिब ४५ मिनेट नै रोकिएको थियो । आफूमाथि हातपात भएपछि रेफ्री क्षेत्रीले सुरक्षाको माग गर्दै खेल सुचारु गर्न नमानेपछि खेल लामो समय रोकिएको थियो । 

तर, एन्फाका पदाधिकारीहरूबाट सुरक्षाको प्रत्याभुत हुने आश्वासन पाएपछि क्षेत्री खेल सुचारु गर्न तयार भएका थिए । खेल सुचारु भएको केही बेरमा नै बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रतालाई दोब्बर पारेका थिए । 

जितसँगै लिगको उपाधिसहित चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोड्दै लिगको अन्त्य ग¥यो । चर्चले लिगका २६ खेलमध्ये १३ खेलमा जित निकाल्यो । यता, चर्च ब्वाइजसँगै यसै सिजन शीर्ष डिभिजन लिगमा उक्लिएको खुमलटार भने तालिकाको पुछारमा रहँदै पुनः ‘बी’ डिभिजन लिगमा खस्कियो । खुमलटारले २६ खेलमा २७ अंकमात्र जोड्न सक्यो ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro