site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी पीडितको माइतीघरमै बास, भन्छन्– आन्दोलनमै रहेका साथी गुमाइसक्यौँ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बिहीबार राति ११ः३० बजेको समयमा माइतीघर मण्डलाको थापाथलीतर्फको सडकमा रूखको छहारीमा लमतन्न भएर केही मान्छे सुतिरहेका थिए ।  उनीहरूले ओढेको ‘ब्लाङकेट’माथि लामखुट्टै घुमिरहेका थिए । केही सडक छेउमा बसेर गफ गरिरहेका थिए भने कोही भिडियो बनाइरहेका थिए ।

गफ गरिरहेका मानिसहरू पनि लामखुट्टेले टोकेर बस्नै नदिएको बताइरहेका थिए ।  त्यसरी बसिरहेका मानिसहरू केही नागरिकता विधेयकसम्बन्धी आन्दोलनका आन्दोलनकर्ता थिए भने केही सहकारीले ठगेको भन्दै आन्दोलन गरिरहेका आन्दोलनकर्ता थिए । 

सहकारीविरुद्ध आन्दोलनमा दिनमा धेरै मान्छे सहभागी हुने गरेका छन् । तर रातिको समय पालैपालो गरेर महिला र पुरुषहरु माइतीघर मण्डलामा नै सुत्ने गरेका रहेछन् । सहकारी पीडित यसरी सडकमा सुतेको ६ रात भइसकेको छ । उनीहरुले बिहीबार नै नयाँ बानेश्वर संसद् भवन अगाडि प्रदर्शन गरेका थिए । बिहीबार यसरी सडकमा सुत्नेमा सहकारी पीडितहरु १० जना थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसरी सडकमा सुतेर आफ्नो पैसा आउने भए आफू महिना दिनसम्म सुत्ने ओेरेन्टल सहकारीका पीडित कर्णबहादुर लिम्बुले बताए ।  उनको पैसा ओरेन्टल सहकारीले १३ वर्षदेखि दिएको छैन । 

उनले यस्ता अन्दोलन धेरै गरे । तर, पार लागेन । उनी भन्छन्, “मेरो पैसा आजभन्दा १३ वर्षअघि ओरेन्टल सहकारीमा जम्मा गरेको थिएँ । सहकारीले पैसा दिएको छैन । हामीसँग आन्दोलन गर्ने कति साथीहरू त मरेर पनि जानु भयो ।”

Royal Enfield Island Ad

उनी अहिलेको आन्दोलनमा सुरु दिनदेखि नै रहेको बताउँछन् ।  रातभरी लामखुट्टेको टोकाइले बिरामी पर्ने अवस्था रहेको बताएका छन् । अनि आशावादी हुँदै भन्छन्, “हामीले अलिअलि कष्ट सहँदा धेरैले न्याय पाउँछन् ।”

उनले ताप्लेजुङको घर बेचेर ल्याएको २५ लाख रुपैयाँ सहकारीमा जम्मा गरेको बताए । काठमाडौंमा जग्गा किन्न भनेर सहकारीमा एक वर्षको अवधिलाई त्यो पैसा राखेको उनको भनाइ छ । 

“बैंकमा राख्दा कम ब्याज पाउने भएकाले मैले सहकारीमा राखेको हुँ । म चाबहिलमा बस्दा मेरो घरधनीले यो सहकारीमा राख्न सुझाव दिएका थिए । म पनि ब्याज बढी आउँछ भनेपछि लोभिएँ,” उनले भने ।

ओरेन्टल सहकारी पीडित उनीमात्र आन्दोलनमा सहभागी छैनन् । उनीसँगै धेरै यो आन्दोलनमा सहभागी छन् ।  कतिपय त राज्य नै नभएको जस्तो महसुस भएको बताउँदै आएका छन् । 

ओरेन्टल सहकारीबाट पीडित ललितपुर लगनखेलकी भवानी बस्नेत क्षेत्री पनि आन्दोलनमा सहभागी छन् ।  ६३ वर्षीया भवानीको दुई लाख रुपैयाँ यो सहकारीमा बचत थियो । तर, हालसम्म उनले पनि आफ्नो पैसा फिर्ता नपाएको उनी बताउँछन् ।

“मैले ज्याला मजदुुरी गरेर कमाएको पैसा जोहो गरेर ओरेन्टल सहकारीमा राखेकी थिएँ । छोराछोरीको पालनपोषण गर्न भनेर जम्मा गरेको पैसा हो,” उनले भनिन्, “हामीले पहिले पनि आन्दोलन गरेका थियौं । तर, आन्दोलन गर्न उचाल्नेहरु कहाँ पु्ग्नु भयो । अहिले फेरि आन्दोलन छ भनेर थाहा पाएर आएकी हुँ । हामी गरिब निमुखालाई नै सबैले शोषण गर्दा रहेछन् ।” 

“हामीलाई पनि घरमा सुत्न मन त थियो नि !,” उनले भनिन्, “ठगहरूले दुनियाँलाई ठग्न छोडेका छैनन् । हामीले १३ वर्षदेखि आफ्नो बचत फिर्ता गर्न आन्दोलन गरिरहेका छौं । अब पीडितहरू सबै आए भने हाम्रो आवाज सरकारले सुन्छ ।”  

त्यसैगरी देउराली सहकारीले बचत फिर्ता नगरेको भन्दै विवेक पौडेल पनि सोही आन्दोलनमा सहभागी छन् । उनी सोमबारदेखि सहभागी भएका छन् । उनको पनि विदेशबाट दुुःख गरेर ल्याएको पैसा सहकारीले गतल ठाउँमा लगानी गरिदिँदा फिर्ता आएन । 

“मेरो दुःख मसँग नै छ । तर, बचत गरेर राखेको पैसा समयमा पाइँदैन भने कसलाई विश्वास गर्ने ?,” उनले भने, “मेरो त सहकारीले बिल्लिबाठ नै गरिदिएको छ । घर न घाटको भएको छु ।”

ओरेन्टल सहकारीलाई सरकारले समस्याग्रस्त सूचीमा राखेको छ । यो सहकारीका अध्यक्ष हुन्, सुुधीर बस्नेत ।  सहकारी भनेको स्वनियमनमा चल्नुपर्ने भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनाली बताउँछन् । 
तर, अहिले सहकारीहरूले आफ्नो मूल्यमान्यता र धर्मलाई नै छोडेको उनी बताउँछन् । यसमा दर्ता गर्ने निकाय कमजोर हुनेले पनि उनीहरूले मनपरी गरेको उनी बताउँछन् । सहकारीले बढी अनुत्पादक क्षेत्रमा लगानी गर्दाको परिणाम अहिले आएको सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरे बताउँछन् । 

सहकारीले आफ्नो दात्यित्व जसरी पनि बहन गर्नुपर्ने उनको भनाइ छ ।  बचतकर्ताको पैसा जहिले भएपनि फिर्ता आउने उनी बताउँछन् । यसमा कसैले पनि छुट नपाउने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro