site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नोभा काखोभ ड्याम विस्फोटमा रुस र युक्रेन दुवैतर्फ आठ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । रुसी नियन्त्रणमा रहेको खेरसनमा पर्ने नोभा काखोभ बाँध भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ ।

युक्रेनी अधिकारीहरूले कम्तीमा तीनजना र रुसी प्रभावित क्षेत्रतर्फ कम्तीमा पाँचजनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ ।

Dabur nepal
Agni Group

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाँध विस्फोटबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाढीग्रस्त क्षेत्रमा विस्फोट ल्यान्ड माइन र अन्य खतरनाक रसायनहरूका कारण जोखिम हुनसक्ने चेतावनी दिइएको छ ।

काखोभका बाँधको बाढीले १५ महिनाको युद्धका बेला थापिएका विस्फोट ल्यान्ड माइन बगाएर ल्याउँदा त्यस क्षेत्रका नागरिकहरूका लागि आगामी दशकसम्म नै गम्भीर खतरा निम्त्याउन सक्ने रेड क्रसको चेतावनी छ ।

युक्रेनको आणविक ऊर्जा कम्पनीले काखोभका हाइड्रोइलेक्ट्रिक स्टेसन र बाँधको विनाश पछि पनि जापोरिझिया आणविक ऊर्जा केन्द्रको स्थिति स्थिर र नियन्त्रणमा रहेको बताएको छ । यो बाँधको पानी जापोरिझिया आणविक उर्जा केन्द्रमा चिस्यानका लागि प्रयोग हुने गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu