site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला क्रिकेट टिमले पाकिस्तान र भारतसँग खेल्ने 

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने भएको छ । 

प्रतियोगितामा थाइल्यान्डले नाम फिर्ता लिएपछि खेल्ने अवसर पाएको नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टिम हङकङ छन् ।

प्रतियोगितामा नेपालसहित आठ टिम सहभागि छन् । सहभागी टिमलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी छन् ।

जेठ २९ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले ३० गते पाकिस्तानसँग पहिलो खेल खेल्ने छ । नेपालले जेठ ३२ गते भारतसँग र असार २ गते समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्ने छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको फाइनल खेल असार ६ गते हुने छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro