site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो : सांसद गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आउँदो आर्थिक वर्षको बजेट पञ्चायतकालीन बजेटका रूपमा पुनरावृत्ति भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्नेजति अधिकार नदिइएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्टयाइन्थ्यो, अहिले पनि त्यस्तै देखिएको टिप्पणी गरे । पञ्चायतकालीन र बहुदलकालीन बजेटको पुनरावृत्तिका रूपमा अहिलेको बजेट आएको उनको भनाइ छ ।

स्रोत व्यवस्थापन र वितरणका हिसाबले यो बजेट एकात्मकतावादी रहेको जिकिर उनले गरे । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उनले बताए ।

बजेट प्रगतिशील नभएको उनले उल्लेख गरे । प्रगतिशील कर प्रणाली पनि नभएको उनले बताए । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उनको धारणा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro