site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोटका लागि दक्षिण अफ्रिका उडे प्रशिक्षक देसाई
फाइल तस्बिर।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई एकदिवसीय विश्वकप छनोटका लागि आज (बिहीबार) दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

विश्वकप छनोटका लागि नेपालले दक्षिण अफ्रिकामा अभ्यास सत्र राखे पनि देसाई टिमसँग गएका थिएनन् । जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिम जेठ १६ गते दक्षिण अफ्रिका प्रस्थान गरेको थियो । तर, टिमसँग मुख्य प्रशिक्षक देसाई र लेग स्पिनर सन्दीप लामिछाने गएका थिएनन् । सन्दीप २२ गते दक्षिण अफ्रिका गए पनि देसाई भने भिसा प्रकृयामै अड्किएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले प्रशिक्षक देसाई आज बिहानै दक्षिण अफ्रिकाका लागि उडिसकेको बाह्रखरीलाई बताए ।

“प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी आज बिहान चार बजे कतार एयरवेजमार्फत त्यसतर्फ उडेका हुन् । उनी साँझसम्म दक्षिण अफ्रिका पुग्नेछन्,” पाठकले भने ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई तयारी खेल खेल्नेछ । नेपालले आज दिउँसो स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्नेछ ।

विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro