site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आदिपुरुष’ रिलिज हुँदा नेपालका हलले हनुमानका लागि सिट खाली राख्लान् ?

काठमाडौं । हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शन हुँदा भारतका सिनेमा हलले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि भनेर खाली राख्ने भएका छन् । 

‘आदिपुरुष’ निर्माण टिमले ‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यस विश्वासलाई सम्मान गर्दै प्रभासको फिल्म आदिपुरुष जहाँ प्रदर्शन हुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ भनेपछि भारतका सिनेमा हलले एउटा सिट हनुमानका लागि छुट्टयाउने भएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘आदिपुरुष’ निर्माण पक्षको यो आग्रहलाई नेपालका हलले मान्लान् ?, भारतमा झैं नेपालमा पनि सिनेमा हलल हरेक शोमा एउटा सिट हनुमानका लागि भनेर खाली राख्लान् ?

“भारतले जे गर्छ हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन । भारतले जे गर्यो हामी त्यही गर्दैनौं,” नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक मध्येका एक भाष्कर ढुंगानाले बाह्रखरीसँग भने, “भारतमा त हलभित्रै पूजाआजा पनि गर्छन्, तर हामी त्यो गर्दैनौं ।” 

भारतको सिको गर्नैपर्छ भन्ने नरहेको र आजसम्म क्यूएफएक्सले हनुमानका लागि सिट छुट्टयाउने निर्णय नगरेको उनले स्पष्ट पारे । यद्यपि, दर्शकले आग्रह गरेको अवस्थामा भने त्यो निर्णयमा पुग्न सकिने उनले बताए । 

ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन् । सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ । कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् । 

जुन १६ बाट रिलिज हुने सिनेमा ‘आदिपुरुष’ पाँच सय करोडमा बनेको हो । यो सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोड भारू मात्र कमाए लगानी सुरक्षित हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्