site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई राजीनामा दिन कांग्रेसको माग
Tiktok banner adTiktok banner ad

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले अल्पमतमा परेकोले एमाले नेतृत्वका मुख्यमन्त्री तथा मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग गरेको छ ।

संसदीय दलका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गरी कोसी प्रदेश सरकारको राजीनामा माग गरेका हुन् ।

माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको भन्दै कांग्रेसले सदन छल्न प्रदेशसभाको बैठक अनिश्चित समयको लागि स्थगित गरिएकोप्रति पनि आपत्ति जनाएको छ ।

कोसी प्रदेशसभाको मंगलबार बैठक बसेपछि अर्को सूचना नआउन्जेलसम्मको लागि स्थगित भएको छ ।

कांग्रेसले प्रदेशसभाको बैठक स्थगित गरेर सरकारले सदनमा आउनु पर्ने सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरिनु अनुचित भएको जनाएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता गरेसँगै पार्टीबाट मन्त्रीमण्डलमा रहेका दुई मन्त्रीले पनि राजीनामा दिइसकेका छन्  ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro