site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचानवादीसँग वार्ता गर्न मन्त्रीको नेतृत्वमा बन्यो समिति
Dabur Nepal
NIC Asia

विराटनगर । पहिचानवादीसँग वार्ता गर्न कोसी प्रदेश सरकारले समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा कृषि तथा भौतिक योजनामन्त्री भक्ति सिटौला र समाजिक तथा पर्यटनमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
 
प्रदेशसभाबाट गत १७ गते प्रदेश नं. १ को नाम कोसी नामकरण गरेपछि पहिचान पक्षधर त्यसको विरोधमा आन्दोलनमा छन् । चैत २५ गते विराटनगरमा भएको आन्दोलन र झडपका क्रममा एक आन्दोलनकारी लाजेहाङको मृत्यु भएपछि थप विरोध चर्किएको छ । पटकपटक भएका झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ थुप्रै व्यक्ति घाइते भइसकेका छन् । 

यसअघि सरकारका प्रवक्ता तथा मन्त्री भक्ति सिटौलाले वक्तब्य प्रकासित गरी पहिचानवादीलाई वार्ताका लागि आह्वान गरेका थिए । तर, समिति र कार्यजिम्मेवारी नदिइ झारा टार्नमात्र आह्वान गरेको भन्दै प्रदेशसभामा सांसदहरूले चर्को विरोध गरेपछि सरकारले मन्त्री सम्मिलित वार्ता समिति गठन गरेको हो ।

माओवादी केन्द्रले मंगलबार एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै एमालेका कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro