site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेलाई प्रधानमन्त्रीको प्रतिप्रश्न : विगतको राष्ट्रपतिले जस्तै संविधान मिच्ने नजिर बसाल्न खोजेको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई–दुईपटक संसद्बाट पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान डिरेल भएको बताएका छन् । 

अहिले सो विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गराएर डिरेल भएको संविधानलाई ट्रयाकमा ल्याउने र संसद्को सार्वभौम अधिकार रक्षा गर्न खोजिएको बताए ।

बुधाबार राष्ट्रियसभा बैठकमा भारत भ्रमणका बारेमा जानकारी गराउने क्रममा सांसदहरूबाट उठेको प्रश्नको जवाफ दिँदै उनले अघिल्लो राष्ट्रपति भण्डारीले संविधान मिचेको र सदनको अपमान गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही कारण मन्त्रिपरिषद्ले पुरानै विधेयक प्रमाणीकरण गराएर फेरि त्यस्तो नहुने अवस्था निर्माण गर्न खोजिएको उनले दाबी गरे । अहिले पनि प्रतिपक्षी दलहरूले माग गरेजस्तै पुनः नागरिकता विधेयक सदनमा ल्याएर राष्ट्रपतिकोमा पठाए सोही घटना दोहोरिने खतरा भएको उनले बताए ।

अहिले पनि प्रतिपक्षी दलहरूले माग गरेजस्तै पुनः नागरिकता विधेयक सदनमा ल्याएर राष्ट्रपतिको पठाए सोही घटना दोहोरिने खतरा भएको बताए ।

Global Ime bank

“फेरि संसद्बाट लैजान भनेर लगियो र राष्ट्रपतिलाई मन परेन भने उहाँले पनि होल्ड नै गर्ने बाटो खुल्यो । सदनको सार्वभौम अधिकार त राष्ट्रपतिको स्वविवेकमा जाने भयो । मन लागे प्रमाणीकरण, नभए हुँदैन,” उनले भने, “संवैधानिक परिषद्ले भोलि ठूल्ठूला निर्णय गर्छ । उहाँलाई मन परेन भने प्रमाणीकरण नगरिदिने बाटो खुल्ने भयो । संविधान र लोकतन्त्रको रक्षा गर्ने निकै ठूलो अन्तरवस्तु यहाँभित्र छ ।”

जनताको सार्वभौम अधिकार राजाबाट खोस्न हिजो लडिएको भन्दै अहिले त्यो अधिकार राष्ट्रपतिमा सार्ने बाटो अघिल्लो राष्ट्रपतिको कदमबाट भएको उनले जवाफ दिए ।

“अहिले त प्रतिपक्षीका माननीयहरूले यहीँ ल्याउभन्दा ल्याइदिउँला रे ! तर बाटो त के खुल्ने भयो भने राष्ट्रपतिले कुनै पनि बेला कुनै पनि विधेयक प्रमाणीकरण नगरिदिन सक्ने हुनुभयो,” उनले भने, “हिजो सार्वभौमिक अधिकार राजामा थियो । अब सार्वभौमिक अधिकार राष्ट्रपतिमा हुने बाटो खुल्ने भयो ।”

प्रधानमन्त्री प्रचण्डले यो विषयमा गम्भीर भएर अन्तर्यसम्म गएर गहिरो रूपमा सोच्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC