site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रश्न– गाँजा खेती कसलाई चाहियो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा असन्तुष्टि जनाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उनले कृषिमा आत्मनिर्भर बनाउने विषयमा ध्यान नदिएर 'कसले गाँजा खेती गर्न खोजेको छ ?' भन्दै प्रश्न गरे । 

“धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन । कसले गर्न खोजी रा'छ गाँजा खेती ?,” ओलीले सोधे, “कसले गर्न खोजिरहेको छ ? कसका लागि गाँजा खेती ? अचम्म लाग्छ, गाँजा खेती कसलाई चाहियो ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ?” 

उनले अगाडि थपे, “गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? किन आउँछन् यस्ता फेन्सी कुरा ? जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन् ?” 

एमाले नेता शेरबहादुर तामाङसहितले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग राख्दै आएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro