site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटनमन्त्री भन्छन्– नेपाल एयरलाइन्सको जहाजको 'नलिखुट्टाको मासी'समेत चुसेर खाइसके
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको जहाजको नलिखुट्टाको मासी समेत चुसेर खाइसकेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले आफू मन्त्री हुँदा जहाज भेन्टिलेटरमा रहको दाबी गरेका छन् ।

“जहाजको नलिखुट्टाको मासी समेत चुसेर खाइसकेको रहेछ । बाहिर बोक्रा त खायो खायो,” उनले भने, “म मन्त्री भएर आउँदा जहाज त भेन्टिलेटरमा रहेछ ।”

उनले नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि नेपाल एयरलाइन्स रहेको बताए ।

“नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि त्यही रहेछ । कहिले चक्का हरायो । एउटा चक्का मै कोरोडौँ हुँदो रहेछ । किन नहराओस् त,” उनले भने, “मन्त्रीले त खायो खायो । साँढुदाइ, साँढुभाइ, साली, मितबाउ, मित जम्मैले खानुपर्ने । एउटा सीईयो नियुक्ति गर्दा करोडौँ लिएपछि त्यसले बिजनेस प्लान बनाउँछ कि कमाउन लाग्छ ?”

उनले घुस खानको लागि जान्नु नपर्ने, गुरुहरू आफैँ सिकाउन आउने बताए । मन्त्री बन्नु भनेको भूतसँग संगल गर्नु रहेको उनले बताए । भने, “तीनवटा जहाज किन्ने भनेको अहिले म वन झाँक्रीको घेरामा छु । मन्त्री हुनु भनेको त भूतसँग संगत गर्नु रहेछ ।”

उनले भ्रष्टचार नै उल्टो हुने थालेको बताए ।

“भ्रष्टचार नै उल्टो हुन थालेछ । पहिला पहिला व्यापारीबाट उठाएर कर्मचारी हुँदै माथि जान्थ्यो, वन झाँक्री गुफातिर,” उनले भने, “अहिले त मन्त्रीबाट सेटिङ हुँदो रहेछ । ठ्याकै बजेट बनाउने बेलामा मन्त्रीले सेटिङ गर्याे, छानेको मान्छेलाई तल लगेर व्यापारीलाई दिएपछि यति प्रतिशत घ्याप्पै आइहाल्दो रहेछ । कति सजिलो क्या । अनि पो जम्मै नेता हुन खोज्दो रहेछ देशमा ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro