देश

काठमाडौं । ज्यान मार्ने उद्योगका फरार व्यक्ति पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने ३४ वर्षीय वसन्त हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात २०६३ फागुन २४ गते फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–९, च्यासलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० २२:५५
प्रतिक्रिया दिनुहोस्