site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करेन्ट चाउचाउद्वारा वाइवाइ ट्रेडमार्कको नक्कल
Tiktok banner adTiktok banner ad

काठमाडौं । यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन् गरेको आरोप छ । 

चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीबीच परिचित छ । 

वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरेर उपभोक्ताको अधिकार माथि प्रत्यक्ष प्रहार गरिएको भन्दै चौधरी ग्रुपले आपत्ति जनाएको छ । 

करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको उसको आरोप छ ।
“वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन् गरेपछि सीजी फुड्स प्रालिले उद्योग विभागमा मुद्दा दायर गरिसकेको छ,” ग्रुपले भनेको छ, “पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) माकुनै व्यक्तिको नाममादर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ ।”

ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro