site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वनस्पति घिउ–तेलको भन्सार शुल्क घटाउन उद्योगीको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल वनस्पति घिउ–तेल उत्पादक संघले वनस्पति घिउ–तेलमा लगाएको भन्सार शुल्क घटाउन माग गरेको छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा वनस्पति घिउ–तेलको उत्पादन उद्योगीहरूलाई भन्सार महसुल १० प्रतिशत कायम गरेको थियो ।

सरकारले एक प्रतिशत रहेको भन्सार महसुल दर १० प्रतिशत पुर्‍याएपछि घिउ–तेल उद्योगीहरूले विरोध जनाउदै आइरहेका छन् ।

अहिलेको भारतमा घिउ–तेलको कच्चा पदार्थमा भन्सार महसुल शून्य प्रतिशत र जीएसटी पाँच प्रतिशत रहेको छ । तर नेपालमा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कच्चा पदार्थमा एक प्रतिशत रहेको भन्सार महसुलदर १० प्रतिशत पुर्‍याएको छ भने मूल्य अभिवृद्धि कर १३ प्रतिशत कायम गरको छ । यसले नेपाल र भारतबीचको कर मात्रै करिब २० प्रतिशत फरक पर्ने संघको दाबी गरेको छ ।

यसले गर्दा नेपाल–भारत खुला सीमानाका भएको कारण चोरी पैठारी बढ्ने, अनाधिकृत व्यापार बढ्ने र राजस्व संकलन घट्नका साथै घिउ—तेल उद्योगहरू समेत संकटमा पर्ने संघका अध्यक्ष विकास दुगरले बताए ।

सरकारले तोरी आयातमा पनि भन्सार महसुल एक प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्‍याएको थियो । त्यसलाई घटाएर साविक कै एक प्रतिशतमा ल्याउनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro