राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा राजाबारे कुनै कुरा नभएको बताएका छन् ।
भ्रमणका क्रममा राजाको कुरा भएको भन्ने सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले राजा र हिन्दु धर्मबारे पनि कुनै कुरा नभएको बताए ।
“न राजाको बारे एक शब्द उच्चारण भयो । न हिन्दु धर्मबारे एक शब्द उच्चारण भयो । कहीँ कतै कसैले उच्चारण गरेन । हामी त्यो विषयमा प्र्रवेश नै गरेनौँ,” प्रचण्डले भने ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:३२
प्रतिक्रिया दिनुहोस्