site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमाल दोलखाको हकप्रद सेयर निष्कासन 

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको आधारमा एक बराबर ०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले उक्त अनुपातमा प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका एक करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । योग्य आवेदकले आउँदो असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गएको वैशाख २७ गते ‘बुक क्लोज’ गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ६० करोड रुपैयाँ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro