site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुलिससँग हार्दा उपाधि होडमा मछिन्द्रको सम्भावना कमजोर, रेलिगेसन टार्दै संकटा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । आइतबार च्यासल रंगशालामा पुलिससँग २–१ ले स्तब्ध बनेपछि मछिन्द्र उपाधि दौडमा दुई खेल बाँकी रहँदा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा पाँच अंकले पछि परेको हो । 

ओलावाले अफिजले पहिलो हाफमा गरेको गोलबाट अग्रता लिए पनि अन्तिम १५ मिनेट सम्हालिन नसक्दा मछिन्द्रले महत्त्वपूर्ण तीन अंक गुमायो । ७५औँ मिनेटमा मोसेस त्वुमले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि त्वुमले नै गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए । यही गोल निर्णायक बन्दा पुलिस साविक विजेताबाट तीन अंक खोस्न सफल भयो ।

यस हारले शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंक पछि परेको मछिन्द्रले ३९ अंक जोडेको छ । शीर्ष स्थानको चर्चले २४ खेलबाट ४४ अंक बनाएको छ । यसै सिजन ‘ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइजले आगामी खेलमा जित निकाले अन्तिम खेल अगावै लिगको उपाधि जित्ने छ । 

Agni Group

जितसँगै चौथो स्थानमा रहेको पुलिसले २४ खेलबाट ३७ अंक जोडेको छ । तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबर रहे पनि पुलिस गोल आधारमा पछि छ ।

लिगमा आजै भएको अन्य दुई खेलमा संकटा क्लबले पुछारको फुटबल क्लब खुमलटारलाई ३–० ले पराजित गर्दै लिगमा हैसियत जोगाउने सम्भावनालाई बलियो बनाउदा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

Global Ime bank

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुश घलान र चन्दन कुमार दासले समान एक गोल गरे । 

जितसँगै २४ खेलबाट ३० अंक जोडेको संकटा तालिकाको ११औँ स्थानमा उक्लिएको छ । जुन रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबको भन्दा चार अंक धेरै हो । संकटाभन्दा एक खेल कम खेलेको फ्रेन्ड्सको २५ अंक छ ।

A DIv (1)1685882691.jpg

हारसँगै रेलिगेसन सम्भावना उच्च बनेको पुछारको खुमलटारले भने २४ खेलबाट २४ अंक जोडेको छ ।

यता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र एनआरटीले अंक बाड्दा हिमालयनका दिवस उराई र एनआरटीका दीपेश आले मगरले गोल गरेका थिए ।

तालिकाको सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले २४ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट ३० अंक जोडेको एनआरटी तालिकाको १०औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC