site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले जित्यो मलेसियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन विकेटले हराएको छ । 

यस जितसँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । 

मलेसियाको बाँगीस्थित बाईएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । 

मलेसिया भ्रमणमा रहेको नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेल सात विकेटले जित्न सफल नेपालले तेस्रो खेल २७ रनले जितेको थियो । 

Global Ime bank

चौथो खेलमा नेपाल चार विकेटले पराजित भएपछि शृंखला २–२ को बराबरी भएको थियो । आज सम्पन्न अन्तिम खेलमा नेपाल तीन विकटले विजयी हुँदै शृंखला आफ्नो पक्षमा पार्न सफल भएको हो । 

११० रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालकी सीताले ३७ बलमा ६ चौकासहित ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन बनाउँदा ज्योति पाण्डे ११ र अप्सरी बेगम १५ रनमा अविजित रहे । ओपनर कविता कुँवरले चार तथा इन्दु वर्मा र विन्दु रावलले समान पाँच रन बनाए । सम्झनाकुमारी खड्का शून्यमा पवेलियन फर्किइन् । 

मलेसियाकी आइना हमिजाह हशिमले दुई विकेट लिइन् । महिराह इजाती स्माइल, विनफ्रिड एन्नी दुराईसिनगम र आइसा एलीसा फिरदौजले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाका लागि वान जुलिया वान मोह रोस्दीले ४७ रन बनाउँदा दुराईसिनगमले २४ र स्माइलले २० रन जोडिन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कविता जोशीले दुई विकेट लिँदा इश्वरी विष्टले एक विकेट लिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC