site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवा विमानस्थल सञ्चालनमा सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको बताएका छन् । सोमबार २५६९औँ बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीकै कारणले पनि भैरहवा विमानस्थल चल्ने बताए ।

उनले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भएर लागु भएको बताए । कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै उनले आगामी जेठ ७ गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने बताए ।

मन्त्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि रहेको बताए । “बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ,” उनले भने, “बुद्ध करुणा, ज्ञान, सद्भावजस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ,” उनले भने ।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्व रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro