site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कार्यविधि पास, समितिको निर्देशन पालना गरे/नगरेको कडाइँका साथ अनुगमन गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यविधि पास गरिएको छ । समितिको आइतबार बिहान बसेको १० दलीय सदस्यसहितको बैठकले कार्यविधि पास गरेको हो । 

समितिले बैठकको निर्णयबाट दिइएको निर्देशन सम्बन्धित निकायले पालना गरे/नगरेको कडाइँका साथ अनुगमन तथा मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसका लागि सम्बन्धित निकायमा पुगेरै उपसमितिहरूले अनुगमन गर्ने तथा बैठकमा बोलाएर समेत जवाफ मागिने समिति सदस्य बद्रीप्रसाद पाण्डेले बताए । 

त्यस्तै लगातार पाँचवटा बैठकमा बिनाअनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउन सभापतिले सिफारिस गर्ने पनि कार्यविधिमा उल्लेख छ । यो व्यवस्थालाई समेत कडाइँका साथ पालना गरिने पाण्डेले बताए । 

Global Ime bank

समितिको बैठक प्रत्येक १५ दिनमा एकपटक बस्नेछ । बैठकमा उपस्थिति यकिन गर्न विद्युतीय हाजिरीको प्रस्ताव कार्यविधिले गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय