site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश प्रस्थान
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गरेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरिन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्ड भारतको मध्य प्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञान प्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड आजै इन्दौरबाट नयाँ दिल्ली फर्किएका थिए ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माणलगायत विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय