site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२४ घण्टामा चार संक्रमित थपिए, सक्रिय १८
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा चारजनाको नतिजा पोजिटिभ आएको हो । १३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक र ८१० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २९४ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro