site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जम्मूमा विस्फोट र साइरनको आवाज सुनिएको छ : मुख्यमन्त्री अब्दुल्लाह

काठमाडौं । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले एक पोस्टमा लेखेका छन्, "जम्मूमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ ।"

Argakhachi Cement Island Ad

आफ्नो दोस्रो पोस्टमा उनले लेखे, "म जहाँ छु, त्यहाँबाट अहिले बेलाबेलामा विस्फोटका आवाजहरू सुन्न सकिन्छ ।"

उनले लेखे, "जम्मू र वरपरका सबै मानिसहरूलाई मेरो विनम्र अपिल छ कि कृपया सडकमा ननिस्कनुहोस्, घरमै बस्नुहोस् वा नजिकैको ठाउँमा बस्नुहोस् जहाँ तपाईं अर्को केही घण्टा आरामसँग बस्न सक्नुहुन्छ ।"

उनले मानिसहरूले अफवाहहरूमा ध्यान दिन नदिन  र आधारहीन वा अप्रमाणित सूचनाहरू नफैलाउन अनुराेध गरेका छन् ।

यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो ।

तनावलाई ध्यानमा राख्दै शुक्रबार साँझदेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्