site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जीवनलाई देख्नु भो ?, हएबे करतै भोर, मूत्र र जननेन्द्रियप्रणाली र ज्वालामुखीमाथि देश 
Sarbottam CementSarbottam Cement

जीवनलाई देख्नु भो ?
(कवितासंग्रह : विवश पोखरेल)
कथा, कविताका क्षेत्रमा परिचित नाम हो, विवश पोखरेल । उनले कथा–कवितासँगै मुक्तक, बालकवितालगायत विधामा अनेकन् कृति प्रकाशनमा ल्याइसकेका छन् । कवि पोखरेलको पछिल्लो कृति हो, ‘जीवनलाई देख्नु भो ?’ ।

कृतिको ब्लर्बमा प्रख्यात कवि तुलसी दिवसले लेखेका छन्, “यस संग्रहभित्रका कविताहरूमा कविले जीवन भोगाइका विविधतालाई सर्वथा नवीन, मौलिक र अलग ढंगले प्रस्तुत गरेका छन् । उनले कविताहरूमा सूक्ष्म मानवीय संवेदना, कारुणिक भाव र स्थितिलाई विशेष रूपले प्राथमिकता दिएका छन् । यसभित्र सहरसँगै ग्रामीण जीवन र परिवेशका घामछाया, सुखदुःख, प्रेमका मृदु र सौम्य अनुभूति, अतीत स्मृति र सामयिक राजनैतिक विसंगतिप्रतिको विद्रोह पनि छचल्किएको छ ।”

‘हामी मलामी मृत समयको’मा कवि लेख्छन्–
अहिले हामीसँग—
जीवनका कुनै उल्लासित
अनुभूतिहरू छैनन्
संवेदना छैन
समय किस्ताकिस्तामा 
मृत्यु भोगिरहेछ
हामी मौन ! मौन !! मौन !!!
मलामी गइरहेछौँ मृत समयको
। (पृष्ठ — ९७)

Prabhu Bank
Agni Group
NIC Asia

पुस्तकको प्रकाशकीयमा डा. विमला श्रेष्ठले लेखेकी छन्, “विवश पोखरेल संवेदनाका कवि हुन् । संवेदनाहीन मानिस, मानिस होइन मूर्ति हो । संवेदना नभएको मानिस कवि हुन सक्दैन । कवि हुन संवेदनशील मुटु चाहिन्छ । त्यति मात्र नभएर सुखदुःख अनुभूत गर्न सक्ने मस्तिष्क चाहिन्छ र शब्द, भाव विचारसँग खेल्न सक्ने सामर्थ्य । अनि मात्र मान्छे कवि हुन्छ ।...।”

इन्द्र–मोहन स्मृति गुठी, धनकुटाद्वारा प्रकाशित १२०+४ पृष्ठको यस कृतिको मूल्य २००– रुपैयाँ राखिएको छ ।

Global Ime bank

०००

हएबे करतै भोर
(मैथिली नाटक : अवधेशकुमार पोखरेल ‘जनकपुरिया’)
पछिल्लो समय आमदर्शकमा नाटकप्रति रुचि बढ्दै गएको छ । फलतः नाटक लेखन बढ्दो छ । लेखनसँगै नाटक मञ्चनले व्यापकता पाएको देख्न सकिन्छ ।

केही समयअघि अवधेशकुमार पोखरेल ‘जनकपुरिया’को मैथिली नाट्यकृति प्रकाशित भएको छ, ‘हएबे करतै भोर’ ।

पोखरेलका थुप्रै कृतिहरू प्रकाशित छन् । यसअघि नै उनका दुइटा मैथिली नाटक ‘मरजीवा’ र ‘अष्टावक्र’ बजारमा आएका थिए ।

पुस्तकको भूमिकामा साहित्यकार डा. राजेन्द्र विमलले लेखेका छन्, “...समग्रतामा ‘हएबे करतै भोर’ नाट्य आधुनिक शिल्पबाट सुसज्जित एउटा समकालीन नाटक हो ।...।”

लेखक पोखरेलले लेखेका छन्, “हएबे करतै भोर नाटकभन्दा पहिले ‘दिन चौकैट गिया है’ नाम दिएको र त्यही नामबाट केही समय मञ्चन पनि भएको थियो । पछि यही नाटकको टेलिफिल्म बनाउने संयोग मिल्यो । भाइ अशोक दत्तले यस नाटकको नामाकरण ‘हएबे करतै भोर’ गरिदिए, जुन मलाई चित्त बुझ्यो–लाग्यो– सुन्दर र सार्थक नाम भेटियो ।”

विद्यापति पुरस्कार कोषद्वारा प्रकाशित ५६+४ पृष्ठको यस मैथिली नाट्यकृतिको मूल्य राखिएको छैन ।

०००

मूत्र र जननेन्द्रियप्रणाली
(स्वास्थ्य : प्रा. डा. अर्जुनदेव भट्ट)
प्रा. डा. अर्जुनदेव भट्ट युरोलोजी विषयका चर्चित एवम् कुशल चिकित्सक हुन् । उनले लेखेको पुस्तक ‘मूत्र र जननेन्द्रियप्रणाली : रोग, निदान तथा उपचार’ केही समयअघि सार्वजनिक भएको छ । जसमा मूत्ररोगसम्बन्धी आममानिसलाई काम लाग्ने जानकारी दिइएको छ ।

पुस्तकमा प्रा. डा. भट्टले ‘मेरो भन्नु’मा लेखेका छन्, ‘म त्यो लेख्न चाहन्थेँ, जसबाट पाठकले आफू, आफ्नो परिवारका सदस्य तथा समाजलाई मूत्र तथा प्रजननप्रणालीका व्याधिबारे केही सचेत बनाउन सकोस् । यो मेरो नौलो र आफ्नैपनको प्रयत्न हो ।...।”

पुस्तकको भूमिकामा साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले लेखेका छन्, “बिरामीले जहिले पनि औषधिसँग होइन डाक्टरसँग भरोसा राख्छन् । हरेक बिरामीले आफ्नो डाक्टरलाई आदरपूर्वक आफ्नो मनमा राखेको हुन्छ । औषधिले रोग मात्र निको पार्ने हो, बिरामीको अनुहार उज्यालो बनाउने र बिरामी सन्तुष्ट बन्ने भनेको त डाक्टरसँग नै हो । डाक्टरबाट उचित सुझाव–सल्लाह पाउँदा, ढाडस पाउँदा, डाक्टरको प्रतिबद्धता पाउँदा बिरामीले आफ्नो रोग घटेको र हटेको महसुस गर्दछ ।...।”

यस पुस्तकभित्र नौ भागमा मूत्ररोग तथा तत्सम्बन्धी अनेक विषयबारे जानकारी दिइएको छ ।

नदेझ्दा भट्टद्वारा प्रकाशित २७८+४ पृष्ठको यस पुस्तकको मूल्य ७००– रुपैयाँ राखिएको छ ।

०००

ज्वालामुखीमाथि देश 
(गैरआख्यान : राजन कार्की)
पत्रकारितामा सक्रिय राजन कार्की फुर्सदमा पुस्तक लेखनमा क्रियाशील रहँदै आएका छन् । उपन्यास, कवितालगायत अनेक पुस्तक अनुवाद गरिसकेका कार्कीको एउटा अर्को गैरआख्यान बजारमा आएको छ, ‘ज्वालामुखीमाथि देश’ ।

यस पुस्तकको मन्तव्यमा प्रा. डा. सुरेन्द्र केसीले लेखेका छन्, “विभिन्न दृष्टान्त, अनुभूति र विम्बहरूको प्रयोग यसको खास विशेषता हो । उनको विचारमा असन्तुष्टिको पहाड बनेको छ देश । तर, यो उनको मात्र विचार निश्चय नै होइन ।...।”

पुस्तकका लेखक कार्कीले आफ्नो भनाइमा उल्लेख गरेका छन्, “कोरोनाभाइरस विश्व थर्काउँदै थियो, नेपाली भ्रष्टाचारका भाइरस कमाउने अवसर पाइयो भनेर नाचिरहेका थिए । यस्तो बेलामा सत्ता–शक्ति, कसैलाई सम्मान–सम्पत्ति, कसैलाई पद–प्रतिष्ठा, तक्मा–पुरस्कार चाहिएको पनि देखियो ।...।”

यस पुस्तकभित्र कार्कीद्वारा लिखित विविध विषयका ५८ लेखरचना संगृहीत छ ।

रत्न सागर प्रकाशन प्रालिद्वारा प्रकाशित ३४४+४ पृष्ठको यस पुस्तकको मूल्य ५५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC