site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रोकर सदस्यता माग गर्दै सात कम्पनीले दिए नेप्सेमा आवेदन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका सातवटा कम्पनीले सदस्यताका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवेदन दिएका छन् । यी कम्पनीहरूले आफ्नो सेवा सुरु गर्न सदस्यता माग गर्दै निवेदन दिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।

नेप्सेले सदस्यता प्रदान गरेपछि नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सेवा सुरु गर्ने छन् । नेप्सेले पूर्वाधार अध्ययन गरेर ती कम्पनीलाई सदस्यता दिने छ ।

बोर्डले जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

बोर्डले पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको थियो भने सात कम्पनीलाई मात्र लाइसेन्स वितरण गरेको छ ।

बोर्डले पहिलो चरणमा चुक्तापुँजीका आधारमा सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डले पुँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, सेयर खरिदबिक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी  ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।

बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरूमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकरहरू रहेका छन् । बोर्डमा आवेदन दिएका बाँकी कम्पनीहरूलाई पनि बोर्डले लाइसेन्स दिने प्रक्रियामा रहेको बताइएको छ । कतिपयले ऐन बमोजिम पूर्वाधकार तयार नगरेकाले पनि ढिलाइ भएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro