site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले बैठक : प्रदेश इन्चार्जको जिम्मेवारी सचिवहरूलाई, केन्द्रीय सदस्यलाई पालिकामा खटाइने 

काठमाडौं । नेकपा (एमाले)ले प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी सचिवहरूलाई दिइएको छ । आज बसेको सचिवालय बैठकले सुदूरप्रदेशदेको इन्चार्जको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

कर्णालीमा लेखराज भट्ट, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव गोकर्ण विष्टलाई दिइएको ज्ञवालीले जानकारी दिए । 

मधेस प्रदेशको इन्चार्जमा योगेश भट्टराई, कोसीको इन्चार्जमा रघुवीर महासेठलाई दिइएको र वाग्मती प्रदेशको भने केन्द्रीय कार्यालयले हेर्ने गरी जिम्मेवारी पाएको ज्ञवालीले बताए । 

पार्टीको केन्द्रीय संगठन विभागको प्रमुख काशिनाथ अधिकारीलाई र  प्रचार तथा प्रकाशनको संयोजनको जिम्मा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिइएको छ । 

त्यस्तै पार्टीका स्थायी कमिटी र पोलिट्ब्युरो सदस्यलाई जिल्लाको इन्चार्ज तोकिएको ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी सदस्यलाई पालिका नै तोकेर भूगोलमा केन्द्रित गर्ने जिम्मेवारी दिइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro