
काठमाडौं । धितोपत्र कारोबारबाट कर संकलन गर्ने व्यवस्था ऐनमा नै भएको कुरा हो । तर, के छ भने घाटामा सेयर बेचियो भने कर संकलन हुँदैन । मुनाफामा कर संकलन हुन्छ । घाटा र नाफाको वर्षभरिको कारोबार हिसाब गर्दा कसैलाई घाटा भयो, मुनाफा भएको बेला कर चाहीँ जम्मा भएको छ ।
आयकरको सामान्य प्रिन्सिपल चाहीँ के हो भने नेटप्रोफिट भएपछि त्यसमा कर लाग्ने हो । जसले नियमित व्यवसायको रूपमा धितोपत्र कारोबार गर्छ, उसले हरहिसाब देखाएर त्यो अनुसारको लस क्लेम गर्छु । अग्रिम संकलन भएको कर पनि क्लेम गर्छु ।
लस भएको आउने सात वर्षसम्म कमाउने मुनाफामा दाबी गर्न पाउँछु भन्ने अवस्थामा नियमित व्यवसायका रूपमा गर्न चाहने जान चाहन्छ भने त्यो छुट सुविधा ल्याइएको हो, सबैलाई हैन । यो कर लगाउने व्यवस्था हैन, छुट दिने व्यवस्था हो ।
त्यो सुविधा लिने/नलिने सम्बन्धित व्यक्तिको कुरा हो । बाँकी सबैको चाहीँ जुन प्राकृतिक व्यक्तिले धितोपत्रको कारोबार गर्दा पाँच र साढे सात प्रतिशत कर अग्रिम रूपमा संकलन हुने गर्छ । यसैलाई अन्तिम मानेको छ ।
थप हामीले केही व्यवस्था गरेकै छैन । आयकर ऐनमा पनि त्यहीँ छ । ऐनअनुसार नै हामीले सूचना जारी गरेका हौं । लगानीकर्ता द्विविधा हुनुपर्ने आवश्यकता नै छैन ।
रेगुलर विजनेसको रूपमा कारोबार गर्नेले यो सुविधा लिन पाउँछ भनेर हामीले अप्सन मात्र छोडेका हौं । यो के हो भने घरजग्गा र सेयरलाई गैरव्यवसाय करयोग्य सम्पत्तिको रूपमा आयकरको दफाले डिफाइन गरेको छ ।
प्राकृतिक व्यक्तिले धितोपत्रको खरिद–बिक्री जे हो त्यही रूपमा नै छ । त्यसमा एक वर्षभित्रको सेयर खरिद–बिक्री गर्दा लाभमा साढे सात प्रतिशत जस्तै १०० मा कसैले सेयर किनेको थियो भने ११० मा बेच्दा १० रुपैयाँमा साढे सात प्रतिशत अर्थात् ७५ पैसा लाग्ने भयो ।
उसले १०० मा किनेको सेयर घाटा खाएर ९० मा बेच्यो भने कर लाग्ने कुरै भएन । टोटलमा जसले वर्षभरि विजनेसको रूपमा कारोबार गर्छ, विजनेस हुनलाई लगानी र कर्मचारी हुनुपर्यो । यो भयो भने मात्र बल्ल विजनेस हुन्छ ।
जसले व्यक्तिगत रूपमा धितोपत्र खरिद–बिक्री गरेको छ त्यो विजनेसको रूपमा डिफाइन नै हुँदैन । अहिले हामीले दिएको भनेको छुट सुविधा हो । जसले विजनेसको रूपमा गरेको छ, हामीले छुट सुविधा पाएनौँ भन्ने छ भने यो खालको छुट सुविधा दिएका छौँ । इच्छाअनुसार यसलाई लिनुहोस् मात्र भनेका हौं । अरू कुनै व्यवस्था नै परिवर्तन भएकै छैन । हामीले दिएको छुट लिन्न भन्न पनि त सक्नुहुन्छ ।
लगानीकर्ताहरूलाई विषय वस्तु नै कसैलाई क्लियर रहेन छ । हामीले त्यहाँ कर लगाउन ल्याएको व्यवस्था हैन छुट सुविधा ल्याइएको हो । हामी हल्लाको पछाडि मात्र नलागौं । यसलाई आफ्नो बुझाइमा व्याख्या गर्नु हुँदैन । क्यापिटल मार्केट संवेदनशील क्षेत्र हो । त्यसलाई प्रभावितत हुनेगरी गतिविधि गर्नुहुँदैन । (कुराकानीमा आधारित)