site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोर परिचालन गरिँदै

काठमाडौं । गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिने भएको छ । 

प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा खोजी गरिरहेका छन् ।

खोजी कार्यका लागि गोताखोर पनि बोलाइएको छ । उनीहरू अहिले भकुन्डेबेँसी पुगेको डीएसपी दाहालले बताए ।

शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो । गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार गाडीका चालक पौडिएर बाँच्न सफल भएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro